२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

नेपाल बाट पछिल्लो एक महिनामा मलेसिया जाने नेपालीको सङ्ख्या २० हजारभन्दा धेरै !

फागुन २४, काठमाण्डौ : गएको पुस महिनामा मलेसिया जाने नेपालीको सङ्ख्या मात्रै २० हजारभन्दा धेरै रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति गरी पुस महिनामा सबैभन्दा धेरै मलेसियाका लागि श्रम स्वीकृति जारी भएको छ ।

मलेसियाका लागि २० हजार ३ सय ३९ श्रम स्वीकृति जारी भएकोमा १६ हजार ७ सय ७५ त नयाँ अर्थात् पहिलो पटक श्रम स्वीकृति लिनेको सङ्ख्या रहेको छ ।

मलेसियापछि कतार जाने नेपालीको सङ्ख्या धेरै छ । विभागका अनुसार माग महिनामा मात्रै कतारका लागि १३ हजार ६६ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै साउदीका लागि ११ हजार ६ सय २७ जनाले, यूएईका लागि ९ हजार २७ जनाले र कुवेतका लागि ३ हजार ८ सय ८९ जनाले श्रम स्वीकृति लिएका छन् ।

गएको पुस महिनामा मात्रै ६५ हजारभन्दा धेरै नेपालीले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका छन् । विभागको तथ्याङ्क अनुसार गएको पुस महिनामा नयाँ र व्यक्तिगत गरी ६५ हजार ४ सय ६४ जनाले श्रम स्वीकृति लिएका हुन् ।

नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या मात्रै ३८ हजार ८ सय ६४ रहेको छ । संस्थागत र व्यक्तिगत तवरबाट पुस महिनामा १२० देशका लागि श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

२०७९ फाल्गुन २४, बुधबार प्रकाशित 0 Minutes 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।