२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

नेपाल विधुत प्राधिकरण द्वारा हिउँदमा भारतबाट ३६५ मेगावाट बिजुली आयात गर्न टेन्डर !

असोज ६, काठमाडौं : आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डर आह्वान गरेको छ ।

प्रतिस्पर्धामार्फत विद्युत खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो । आगामी १५ मंसिरदेखि १६ जेठ २०८०सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आह्वान भएको हो ।

भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । हिउँदमा नेपालमा बिजुलीको मागअनुसार उत्पादन नहुने भएकाले प्राधिकरणले प्रतिस्पर्धाबाटै बिजुली किन्न टेन्डर आह्वान गरेको हो ।

अहिले ३६४ मेगावाट बिजुली भारतथ नि-र्यात गरिरहेको प्राधिकरणले डिसेम्बर २०२२ देखि मे २०२३सम्म यो परिमाणका विद्युत खरिद गर्न टेन्डर गरेको हो ।

यसअनुसार करिब ६ महिना भारतबाट करिब ४ सय मेगावाट बराबारको बिजुली भारतबाट किन्नुपर्ने देखिएको छ । गत वर्ष प्रतिस्पर्धामार्फत विद्युत् खरिद नगरी भारतीय ऊर्जा एक्स्चेन्ज बजारबाट खरिद गर्दा प्राधिकरणले महँगोमा बिजुली किन्नु परेको थियो ।

रातमा समयमा बिजुली प्रतियुनिट १२ भारुसम्म परिरहेकाले प्राधिकरणले ऊर्जा एक्स्चेन्ज बजारमाट बिजुली नलिई एजेन्सीहरुबाटै आपूर्ति लिन तयारी गरेको हो ।
रुस-युक्रेन युद्ध चर्किएपछि भारतमा बिजुलीको मूल्य आकाशिएको छ ।

जसका कारण भारतीय विद्युत व्यापार गर्ने एजेन्सीहरुले पनि आवधिक समझौता गरेर विद्युत् विक्री गर्ने सम्भावना कम हरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । तर, लगातार आपूर्ति लिने गरी बजार सुनिश्चित हुने भएकाले केही महँगो मूल्यमै भएपनि भारतीय एजेन्सीले विद्युत आपूर्ति दिनेमा प्राधिकरण विश्वस्त छ ।

यो वर्ष भारतबाट खरिद हुने भन्दा भारतलाई विक्री गरिने बिजुलीको परिमाण बढी हुने प्राधिकरणको प्रक्षेपण छ । ७ जेठदेखि दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरिसकेको छ ।

भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख भारु आम्दानी भएको छ ।

चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं, प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङले भने । अन्लाईन खबर

२०७९ आश्विन ६, बिहीबार प्रकाशित 1 Minute 60 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार