२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

कुलमान घिसिङको आग्रह, पाँच रुपैयाँमा किनेको विजुली १५ नबेच्नुस !

असोज ४, काठमाडौं : नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले ५ रुपैयाँमा किनेको विजुली १५ रुपैयाँ विक्री नगर्न आग्रह गरेका छन् ।

उनले काठमाडौंको गौरीघाटमा बीवाइडीले संचालनमा ल्याएको सर्भिस सेन्टर तथा चार्जिङ सेन्टरको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । अहिले देशभर संचालनमा रहेका चार्जिङ स्टेशनमा १५ रुपैयाँदेखि २० रुपैयाँ प्रतियूनिट विजुलीको

मूल्य लगाइएको कारण उपभोक्ताको गुनासो बढ्दै गएको उनको भनाई थियो । प्राधिकरणले प्रतियूनिट ५ रुपैयाँमा उपलब्ध गराएको विजुली १५/२० रुपैयाँमा बेच्नु भएन भन्दै घिसिङले भने अबको युग विद्युतीय सवारीसाधनको भएको र त्यसमा सरकार र सरोकारवाला निकाय प्रतिवद्ध भएर काम गरिरहेका छन् ।

बीवाइडीले आफ्नो आधिकारीक सर्भिस सेन्टर संचालनमा ल्याएकोमा बधाई दिदै घिसिङले भने, देशभर विद्युतीय सवारीसाधनको माग बढ्दै गएको कारण यस्ता सुविधा सम्पन्न सर्भिस सेन्टर थप निर्माण गर्नु पर्ने हुन्छ ।

त्यसमा बीवाइडले ध्यान दिओस् । कार्यक्रममा बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नयाँ डिलर नेटवर्क विस्तार अन्तिम चरणमा पुगेको जानकारी दिएकी थिइन् ।

नयाँ डिलर नेटवर्कसँगै बीवाइडीको थ्रि एस सेवा उपलब्ध हुन्छ । साथै, चार्जिङ नेटवर्क विस्तारमा पनि सबै डिलर मार्फत काम अगाडि बढेको छ, श्रेष्ठले भनिन् ।

काठमाडौंको गौरीघाटमा करिब २७ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो सर्भिस सेन्टरमा अहिले ६ वटा वे राखिएको छ । पछि आवश्यकता अनुसार ४ वटा वे थप्न मिल्नेगरी यो स्र्भिस सेन्टर बनेको छ ।

२०७९ आश्विन ४, मंगलवार प्रकाशित 0 Minutes 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।