२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

भारतद्वारा नेपाललाई थप ३६४ मेगावाट विद्युत निर्यातको अनुमति !

चैत २४, काठमाडौं : नेपालले भारतीय उर्जा बजारमा थप ३६४ बिजुली निर्यातका लागि अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तरगत केन्द्रिय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय बजारमा थप ३२५ मेगावाट

बिजुली बिक्री गर्न स्वीकृति दिएको हो । यस अघि गत कार्तिकमा नेपालले थप ३९ बिजुली भारत निर्यातका लागि अनुमती पाएको थियो । यसरी नेपालले अब कुल ३६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउने छ ।

उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले गत शनिबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यातका लागि स्वीकृति पाएको जानकारी दिएको छ । नेपालले मर्स्याङ्दिको ६७ मेगावाट मध्य मर्स्याङ्दिको ६८ मेगावाट त्रिशुलिको २२ मेगावाट देबिघाटको १४ मेघावाट कालीगण्डकी ‘ए’ को १४० मेगावाट र लिखु

जलविद्युत आयोजनाको ५१ मेगावाटको बराबरको बिजुली बजारमा बिक्री गर्न स्वीकृति पाएको हो । प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण लगत्तै त्यहाँको उ”र्जा

मन्त्रालयले नेपाल विद्युत प्राधिकरण अन्तरगतका थप ३ र निजि क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको ‘डे अहेड’ मार्केटमा प्रवेशको अनुमती दिएको हो ।
भारतमा नेपालले बिजुली बेच्ने थप अनुमती पाएपनि

नेपाल अहिले हिउँदमा बिजुली निर्यात गर्न सक्ने अबस्थामा छैन । नेपाल विद्युत प्राधिकरणले अहिले भारतबाट महँगो मुल्यमा बिजुली आयात गरि यहाँको उर्जा संक-ट टारिरहेको छ । तथापि उधोगहरुले आफुहरुले १४ घन्टासम्मको लोड-सेडिङ भोग्दै आइरहेको गुना-सो गरिरहेका छन् ।

२०७८ चैत्र २४, बिहीबार प्रकाशित 1 Minute 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।